पत्रकार सम्मेलन
अध्यादेश जारी गर्नुपर्ने कारणबारे मुख्यसचिवको प्रष्टीकरण
बुधबार, ०२ माघ २०८१, १७ : ०२
काठमाडौँ । मुख्य सचिव एकनारायण अर्यालले सरकारले अध्यादेश जारी गर्नुपर्ने कारणबारे प्रस्ट्याएका छन् । बुधवार प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यसचिव अर्यालले पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ अध्यादेश जारी गर्न सिफारिस गरेको बताए ।
‘२९ वटा ऐन संशोधनका लागि सिफारिस भएकामा ती सबै जारी भएका छन्’ मुख्यसचिव अर्यालले जानकारी दिए । उनले अध्यादेश जारी गर्नुपर्ने कारणमा सुशासन कायम गर्न, सरकारी कामकाजको ढिलासुस्ती अन्त्य गर्न, आर्थिक क्षेत्रलाई चलायमान बनाउन, विकास निर्माणको गतिलाई तीव्रता दिन रहेको बताए । साथै उनले सरकारी लगानीको प्रतिफल वृद्धि, स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्न, सुकुम्वासी र अव्यवस्थित बसोबासको समाधान गर्न अध्यादेश सहयोगी बन्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण