वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा
काठमाडौँ । नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात र दुर्व्यवहार को घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार राति एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बिचमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार रहेको हुने बताउँदै यो घटनालाई नेपाली कांग्रेसले अत्यन्त दुःखदायी घटनाका रुपमा लिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ : ‘विधिको शासन, कानुनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवाञ्छित गतिविधि कदापि स्वीकार्य हुन सक्दैन । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।’
कांग्रेसले यस्ता घटनामा संलग्न जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि बुधवार सहकारी ठगी प्रकरणका सम्बन्धमा थुनछेक बहस सकेर निस्कँदै गर्दा काठमाडौँ जिल्ला अदालत परिसरमा रास्वपाका कार्यकर्ताहरूले दुर्व्यवहार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण