बेलायतमा रहेका कोइराला र पूर्व बिदेशमन्त्री जेम्स क्लेभर्लीबिच भेटवार्ता
बिहीबार, ०३ माघ २०८१, ०६ : ५९
काठमाडौँ । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद् भवन (हाउस अफ कमन्स)मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व बिदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटवार्ता गरेका छन् ।
भेटमा कोइराला र क्लेभर्लीका बिच नेपाल–बेलायत सम्बन्ध, आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको बताइएको छ । कोइराला नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरे ।
यसअघि कोइरालाले तत्कालीन अनमिनका नेपाल प्रमुख ईयान मार्टीनसँग लण्डनमा भेट गरेका थिए । मार्टीनले नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार भेटघाटका क्रममा मार्टीनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो यसलाई टुङ्ग्याउन सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण