विकासको ‘मन’ सार्वजनिक
बिहीबार, ०३ माघ २०८१, १० : ०८
काठमाडौँ । गायक विकास मानन्धर गीत ‘मन’ सार्वजनिक भएको छ । शब्द तथा सङ्गीत पनि विकासकै रहेको गीत कोविद बज्रको बज्र क्रिएसन रेकर्डसमा रेकर्ड गरिएको हो ।
गीतको भिडियोमा गायक विकाससँगै सुवास सुनुवार, महेश मानन्धर र मनिष महर्जनको अभिनय छ । भिडियो सरोजकुमार चौहानले निर्देशन गरेका हुन् ।
भिडियोमा छायाङ्कन र सम्पादन राकेश दाहालको छ । विकासले गीतमा मानव हृदयको चञ्चल र परिवर्तनशील स्वभावलाई आत्मीय रूपमा चित्रण गरेको बताए । ‘गीतमा खुसी, दुःख, उत्साह र निराशाजस्ता भावना बिचको यात्रा र ती सबै भावनाहरूलाई सन्तुलनमा ल्याउने प्रक्रियालाई देखाइएको छ’, उनले भने ।
नेपालको मकवानपुरस्थित हेटौडा घर भएका विकास हाल अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका छन् । उनको यो गीत युट्युब र स्पोटिफाई, एप्पल म्युजिक, अमेजन, युट्युब म्युजिकजस्ता सङ्गीत प्लेटफर्महरूमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण