वकिल कुटिँदा कानुनका विद्यार्थी सडकमा, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका समर्थकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा कानुन अध्ययन गरिरहेका नेपाल ल क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् ।
बुधबार रवि लामिछानेको थुनछेक बहस सकेर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका रास्वपा समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा नेपाल कानुन क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले ‘कानुन व्यवसायीलाई कुट्न पाइँदैन’, ‘मुद्दा लड्नु कानुन व्यवसायीको पेसागत धर्म हो’, ‘निलो क्रान्ति होइन स्वतन्त्र न्यायालय चाहियो” लगायतका नारा लगाउनुका साथै प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।
त्रिपाठीले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए । रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण