संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सत्तापक्ष र विपक्षी चार दलका प्रमुख सचेतक एकमत
काठमाडौँ । सत्तापक्ष र विपक्षी चार दलका प्रमुख सचेतकहरूबिच संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । शुक्रवार सिंहदरबारमा सत्तापक्षका नेपाली कांग्रेस, नेकपा एमाले, विपक्षी दलबाट नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकबिच छलफल भएको हो ।
सरकारले बोलाउने लागेको संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनका लागि सत्तापक्ष र विपक्षी दलहरूबिच साझा निष्कर्ष निकालेको एमालेका मुख्य सचेतक महेश बर्ताैलाले रातोपाटीलाई बताए ।
‘चार दलका प्रमुख सचेतकबिच भएको छलफलबाट संसद्को हिउँदै अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा साझा निष्कर्ष निकालेका छौँ । छलफल खासगरी तीन विषयमा केन्द्रित भयो । विधेयकलाई छिटो छरितो तरिकाले अगाडि बढाउने, संसदमा वर्षौंसम्म विधेयक अगाडि नबढ्ने परिपार्टी अन्त्य गर्ने विषयमा सत्तापक्ष र विपक्ष एकमत भएको छ’, उनले भने ।
बर्तौलाका अनुसार पहिलो विषय केही समयमै सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । अबको अधिवेशन विधेयक अधिवेशन हो । यो अधिवेशनलाई प्रभावकारी ढङ्गले कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा छलफल भयो ।
दोस्रो संसद्को समितिहरूमा विचाराधीन विधेयकहरूलाई छिटोभन्दा छिटो अगाडि बढाउन सत्तापक्ष प्रतिपक्ष नभनी एकमतले कसरी काम गर्न सकिन्छ भन्ने विषयमा एकीकृत धारणा बनाएर जाऊँ भन्ने विषयमा छलफल भएको छ ।
तेस्रो सरकारले हाउसमा विधेयक दर्ता गर्ने तर वर्षौंसम्म अगाडि नबढ्ने परिपाटी छ त्यसको अन्त्य गरी कसरी छिटो र छरितो तरिकाले अगाडि बढाउन सकिन्छ भन्ने कुरामा छलफल भयो । त्यसका लागि बरु नियमावली नै संशोधन गर्ने विषयमा पनि छलफल भयो ।
यद्यपि संसद् छलेर सरकारले ल्याएको अध्यादेशबारे कुनै छलफल नभएको बर्तौलाले दाबी गरे । छलफलमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण