कर्णालीमा ‘सुरक्षित यात्राका लागि स्मरण अभियान’
सुर्खेत । कर्णालीमा बढ्दो सडक दुर्घटनाका न्यूनीकरणका लागि प्रहरीले ‘सुरक्षित यात्राका लागि स्मरण अभियान’ चलाइएको छ ।
प्रदेश ट्राफिक कार्यालयले सबै जिल्ला तथा ट्राफिक इकाईहरूमा उक्त अभियान चलाएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक हरिबहादुर बिसीले दुर्घटना रोकथामका लागि उक्त अभियान चलाइएको बताए । कर्णाली प्रदेशमा हुने सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम राख्ने उद्देश्यले अभियान चलाइएको उनको भनाइ छ । अभियानको नारा ‘आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने राखिएको छ ।
बिहीबार मात्र प्रदेशका १० वटै जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत अस्थायी ट्राफिक प्रहरी पोस्टहरूमा यो कार्यक्रम गरिएको छ ।
अभियान अन्तर्गत कर्णालीमा सवारी दुर्घटना हुने स्थानहरूमा भएका सवारी दुर्घटनाहरूका तस्बिरहरू प्रतिबिम्बित गराई सवारी चालक र सह–चालकहरूलाई सचेतना गराइन्छ । उनले अगाडि भने, ‘अहिलेसम्म ४७ स्थानहरूमा प्रदर्शन तथा सचेतना कार्यक्रम गरिएको छ ।’
उक्त कार्यक्रमबाट सवारी चालक तथा सह–चालक गरी जम्मा १ हजार २४३ जना लाभान्वित भएको उनको बिसीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण