नेपालको फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्न आवश्यक : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले नेपालको ४६ प्रतिशतले भू–भाग वन क्षेत्रले ओगटेकाले फर्निसिङका लागि यो क्षेत्र प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताए । उनले सरकारले फिर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रमा विकास गर्न सक्नुपर्नेमा जोड दिए । उनले अहिले पनि नेपालले विदेशमा प्लाइउड धेरै निर्यात गरिरहेको बताए । उनले यो क्षेत्रमा पनि सरकारले विदेशी पुँजी पनि भित्र्याउन खोजेको बताए । उनले नेपाली पुँजीलाई पनि प्रवर्द्धन गरी प्रविधिको विकास गर्न खोजिएको जानकारी दिए ।
मन्त्री भण्डारीले विदेशी पुँजी र प्रविधि दुवै भित्र्याउन आवश्यक रहेको बताए । उनले सरकारले वैदेशिक पुँजी प्रविधिसँग जोड्ने योजनामा रहेको बताए । उनले अहिले नेपालको वित्तीय क्षेत्रमा पुँजी थुप्रिएर बसेको भन्दै सम्भावना भएका क्षेत्रमा वित्तीय क्षेत्रले लगानी गर्न आवश्यक रहेको बताए । उनले ग्रामीण क्षेत्रमा करिब एक खर्बभन्दा बढी पुँजी हुने रुखहरू लडिरहेको भन्दै त्यसलाई उपभोगको नीति ल्याउने गरी सरकारले काम गरिरहेको बताए । उनले स्थानीय स्रोत र साधनको प्रयोग स्थानीयले गर्न पाउनुपर्नेमा जोड दिए ।
मन्त्री भण्डारीले स्वदेशी वस्तुहरूको प्रदर्शनीहरू काठमाडौँमा मात्रै सीमित हुन नहुने भन्दै सात प्रदेशका औद्योगिक क्षेत्रहरूमा आयोजना गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण