बीपी राजमार्गमा यात्रुलाई सास्ती, कहिले होला पुनर्निर्माण ? (तस्बिरहरू)
काठमाडौँ । गत असोज दोस्रो साता आएको बाढीपहिराले क्षति पुर्याएको बीपी राजमार्गको कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा यात्रा गर्ने यात्रुहरूले सास्ती भोग्नु परेको छ । रोशीखोलाको बाढीले सो राजमार्गमा क्षति पुगेपछि निर्माण गरिएको डाइभर्सन सडक कच्ची र धुलाम्मे हुने भएका कारण यात्रुहरूले सास्ती भोग्नु परेको हो ।
क्षतिग्रस्त राजमार्ग सरकारको तदारुकता र आर्थिक सहायता बिना बन्ने सम्भावना कम रहेको छ । सो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरिए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।
सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_rTiNbWmnWf.jpg)
_4SceyRCLAt.jpg)
_sJTxpJz4sF.jpg)
_ciVciL4U7l.jpg)
_yj8fAEqhjp.jpg)
_0FIMDGvMnV.jpg)
_kqj5O4SZpr.jpg)
_JF0f7eruYv.jpg)
_52mVHTJPcW.jpg)
_1OWmOFJoPx.jpg)
_x5Pe9mKVv2.jpg)
_y4BHMuLaGh.jpg)
_R046sEkoYr.jpg)
_X6xDHmm6bm.jpg)
_5zlrzmS8y6.jpg)
_6ZIaim9vaN.jpg)
_4oko9K5SCb.jpg)
_yUiGqwmKnC.jpg)
_LGYQ6ja2mv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण