बीपी राजमार्गमा यात्रुलाई सास्ती, कहिले होला पुनर्निर्माण ? (तस्बिरहरू)
_ku96xsnm4l.jpg)
काठमाडौँ । गत असोज दोस्रो साता आएको बाढीपहिराले क्षति पुर्याएको बीपी राजमार्गको कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा यात्रा गर्ने यात्रुहरूले सास्ती भोग्नु परेको छ । रोशीखोलाको बाढीले सो राजमार्गमा क्षति पुगेपछि निर्माण गरिएको डाइभर्सन सडक कच्ची र धुलाम्मे हुने भएका कारण यात्रुहरूले सास्ती भोग्नु परेको हो ।
क्षतिग्रस्त राजमार्ग सरकारको तदारुकता र आर्थिक सहायता बिना बन्ने सम्भावना कम रहेको छ । सो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरिए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।
सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिनुहुँदैन : सभापति देउवा
-
शहिद लखन गाउँपालिकाले दियाे उत्कृष्ट वडालाई ५ लाख पुरस्कार
-
सङ्घीयता सुदृढीकरणका लागि अन्तर प्रदेश सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
-
न्याय परिषद् नियमावली संशोधनविरूद्ध सर्वोच्चमा रिट
-
ओडिसा नेपाली छात्राको मृत्यु प्रकरण: सत्य तथ्य सार्वजनिक गर्न समितिको निर्देशन
-
वर्तमान सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल