अवैध कपडा बोकेको रिक्सा र मोटरसाइकलसहित चालक पक्राउ
रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको कपडा बोकेको ई रिक्सा र २ मोटरसाइकल सहित चालकलाई पक्राउ गरेको छ। गौर चन्दनिगाहपुर सडक खण्ड अन्तर्गत झुनखुनवा चोकमा चेकजाँचको क्रममा प्रहरीले भन्सार छलीको कपडा बोकेको मधेस प्रदेश ०३–००१ ह ३२०२ नम्बरको ई रिक्सासहित चालकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चालक ईशनाथ नगरपालिका २ का ३० वर्षीय शम्भु साह तेलीसहितलाई आवश्यक कारबाहीका लागि शुक्रवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसाद द्वारा जारी सूचनामा उल्लेख गरिएको छ। बरामद कपडा र ई रिक्साको कुल ६ लाख ८७ हजार मूल्याङ्कन गरिएको समेत प्रहरीले जनाएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय कोपवा पिपरियाको गस्ती टोलीले अवैध भारतीय चप्पलसहित २ थान मोटरसाइकल बरामद गरेको छ।
भारतीय बजारबाट चोर बाटो हुँदै ल्याउँदै गरेको वीआर ०५ जी ०६२७ र वीआर ०६ एजी ५३१४ नम्बरको २ मोटरसाइकल बरामद गरी कुल २ लाख ३८ हजार रुपैयाँ मूल्याङ्नकसहित आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण