कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन् ।
किसान आयोगको ८ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज कीर्तिपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराए । अहिले पनि धेरै परिवार कृषिमा लागेका छन् तर ठुलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ त्यसैले अब कृषिलाई व्यावसायिक बनाउन आवश्यक छ,’ मन्त्री अधिकारीले भने ।
‘बिहान र बेलुका आयातितभन्दा आफ्नै उत्पादन प्रयोग गर्ने सङ्कल्प सबैले गर्न जरुरी छ,’ मन्त्री अधिकारीले भने। ‘यसका लागि तिनै तहका सरकारको सामूहिक प्रयास जरुरी छ,’ मन्त्री अधिकारीले भने ।
कृषि उपजको उत्पादन बढाउने प्रयास सबै तिरबाट भइरहेको छ तर हामीले खाने अन्न तरकारीले रोग निम्त्याइरहने अवस्था आउनु हुँदैन,’ मन्त्री अधिकारीले भने । अब विषादी न्यूनीकरण गर्नेतर्फ पनि सबैको प्रयास जरुरी रहेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण