कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन् ।
किसान आयोगको ८ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज कीर्तिपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराए । अहिले पनि धेरै परिवार कृषिमा लागेका छन् तर ठुलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ त्यसैले अब कृषिलाई व्यावसायिक बनाउन आवश्यक छ,’ मन्त्री अधिकारीले भने ।
‘बिहान र बेलुका आयातितभन्दा आफ्नै उत्पादन प्रयोग गर्ने सङ्कल्प सबैले गर्न जरुरी छ,’ मन्त्री अधिकारीले भने। ‘यसका लागि तिनै तहका सरकारको सामूहिक प्रयास जरुरी छ,’ मन्त्री अधिकारीले भने ।
कृषि उपजको उत्पादन बढाउने प्रयास सबै तिरबाट भइरहेको छ तर हामीले खाने अन्न तरकारीले रोग निम्त्याइरहने अवस्था आउनु हुँदैन,’ मन्त्री अधिकारीले भने । अब विषादी न्यूनीकरण गर्नेतर्फ पनि सबैको प्रयास जरुरी रहेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म