अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
वासिङ्टन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । सोमबार अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ खुवाएका छन् ।
यसअघि शपथ समारोह क्यापिटल हिल बाहिर हुने गरेको भएता पनि यो पटक मौसम अत्यधिक चिसो भएकोले क्यापिटल हिलभित्र आयोजना गरिएको थियो । ह्वाइट हाउसमा ट्रम्पको यो दोस्रो कार्यकाल हो।
साथै जेडी भान्सले पनि अमेरिकाको उपराष्ट्रपतिको शपथ लिएका छन् ।
शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए । शपथ ग्रहण गरेपछि ट्रम्पले राति १० बजेतिर कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारीमा छन् ।
शपथ ग्रहण अघि उनी सेन्ट जोन्स चर्चमा पुगेका थिए । दोस्रो पटक राष्ट्रपति बनेका ट्रम्प पत्नी मेलानिया र परिवारका सदस्यसहित समारोहमा पुगेका छन् । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण