ट्रम्पद्वारा अमेरिकालाई डब्ल्यूएचओबाट अलग्याउने आदेश जारी
मङ्गलबार, ०८ माघ २०८१, ०९ : ३९

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एक पछि अर्को गर्दै निर्णय गरेका छन् । यसै क्रममा उनले अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)बाट अलग गर्ने आदेश जारी गरेका छन् ।
‘ओहो, यो ठुलो निर्णय हो ।’ यो आदेशमा हस्ताक्षर गर्दा ट्रम्पले भनेका थिए । अन्य देशहरूको तुलनामा अमेरिकाले यसको लागि अनुचित मूल्य चुकाएको उनको भनाइ छ ।
‘हामी फर्किऔँ भन्ने उनीहरूको निकै इच्छा छ, त्यसैले हेरौँ के हुन्छ ।’ डब्ल्यूएचओतिर सङ्केत गर्दै ट्रम्पले भने । यसलाई केहीले भने केही समय पछि डब्ल्यूएचओमा अमेरिकाको फिर्तीतर्फ ट्रम्पको सङ्केत हुन सक्ने बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको दुखद कथा
-
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
-
अतृप्ति
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान