संसदीय समितिलाई बन्दी बनाउनु हुँदैन : जनार्दन शर्मा
लेखा समितिको सभापति विपक्षीलाई दिन माग
मङ्गलबार, ०८ माघ २०८१, १३ : ०४
काठमाडौँ । माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले संसदीय समितिलाई बन्दी बनाउन नहुने बताएका छन् । मङ्गलवार समितिको बैठकमा बोल्दै उनले लेखा समितिले सरकारको छायाको रूपमा काम गरेको आरोप लगाए ।
भूमिसम्बन्धी अध्यादेशमा सुकुम्वासीलाई जग्गा दिने कुरा मात्रै उल्लेख भएको भन्दै उनले सार्वजनिक सम्पत्तिको सुरक्षामा प्रश्न उठाए ।
साथै आइपीओ प्रिमियममा निकाल्न पाउने व्यवस्था त्यसमा भएको भन्दै उनले घाटमा गएका कम्पनीले पनि आइपीओ निकाले जनता मारमा पर्ने बताए ।
साथै लेखा समितिले गरेका निर्णय र निर्देशन के भएका छन् भन्ने कुनै जानकारी नपाइएको भन्दै उनले सत्ता पक्षको सभापति हुँदा नहुने रहिछ भन्ने यहीबाट पुष्टि भएको शर्माले बताए । उनले लेखा समितिको सभापति विपक्षीलाई दिन पनि माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण