गेम चेन्जर र ‘पुष्पा २’ का निर्माताका घर र कार्यालयमा आयकर विभागको छापा
नयाँ दिल्ली । आयकर विभागका अधिकारीहरूले मंगलबार तेलुगु फिल्म उद्योगका कयौँ प्रमुख निर्माताहरूको घर र कार्यालयमा छापा मारेका छन् । यो सूचीमा चर्चित फिल्म निर्माता दिल राजु र पुष्पा २ का निर्माताहरूको नाम पनि समावेश छ ।
हालै दिल राजुका दुई ठुला चलचित्र गेम चेन्जर र संक्रान्तिकी वस्तुन्नम हलमा रिलिज भएका थिए । उनी हाल तेलंगाना फिल्म विकास निगमका अध्यक्ष हुन् ।
छापा मार्न आयकर विभाग दिल राजुको घरका साथै उनका व्यापारिक साझेदार तथा निर्माता शिरीषको घर र उनकी छोरी हंसिता रेड्डीको घरसम्म पुगेका थिए । यसबाहेक, ‘पुष्पा २ः द रुल’ बनाउने मैत्री मुभी मेकर्सको ठेगानामा पनि छापा परेको थियो । उक्त प्रोडक्सन हाउसका निर्माता नवीन येरनेनी र यालामनचिली रविशंकर अनि यसका सीईओ चेरीको घरमा पनि छापा मारिएको छ ।
स्रोतका अनुसार यस कारबाहीमा ५५ टोलीका सदस्यहरूले आठ ठाउँमा छापा मारिरहेका छन् । यो कारबाहीको केन्द्रमा दिल राजु छन् ।
उनको प्रोडक्सन हाउस अन्तर्गत बनेको गेम चेन्जर र संक्रान्तिकी वस्तुन्नम फिल्मले हालै बक्स अफिसमा १०० करोडभन्दा बढी कमाएका थिए । यी छापा व्यापक अनुसन्धानको एक हिस्सा भएको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण