‘जुनी जुनीलाई’ भन्दै भक्तपुर दरबार स्क्वायरमा नाचे दयाहाङ र आँचल
काठमाडौँ । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुःखी आत्मा’का लागि नयाँ गीत छायाङ्कन गरिएको छ । भक्तपुर दरबार स्क्वायर परिसरमा गरिएको छायांकनमा गीतका लागि दयाहाङ राई र आँचल शर्माले रोमान्टिक दृश्य दिएका छन् ।
गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । गीतमा केतन क्षेत्रीको सङ्गीत, ईश्वर कार्कीको शब्द तथा कम्पोज छ ।
नयाँ गीतको भिडियो केही दिनमै सार्वजनिक गर्ने निर्देशक दीपेन्द्र लामाले बताए । फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ ।
फिल्मको टिजर सार्वजनिक भएसँगै ‘जुनार’ प्रयोग गरिएको संवाद निकै हिट छ । यसैले, यो गीतको भिडियोमा पनि सुन्तला र जुनारको प्रयोग भरपुर गरिएको छ । आलोक शुक्लाको छायाङ्कन रहेको यो फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ ।
सामाजिक सञ्जाल टिकटकमा यो फिल्मको ‘ब्रेक अप कविता’ भाइरल भइरहेको छ । फिल्ममा अनुप विक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण