एक साताअघि नै सन्दीप लामिछानेमाथि कारबाही

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । उनीमाथि एक साताअघि नै अनुशासनको कारबाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
लामाले रातोपाटीसँग भने, ‘गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उहाँले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेख्नुभएको थियो । सोही विषयमा क्यानको २.७ आर्टिकलअनुसार एकसाताअघि नै कारबाही गरिएको पत्र पठाइएको हो ।’
उनका अनुसार लामिछानेलाई एक खेलको निलम्बनसहितको कारबाही गरिएको छ । जसअनुसार अब उनले क्यानले आयोजना गर्ने कुनै पनि एक खेल खेल्न पाउने छैनन् ।
सोही कारबाहीपछि असन्तुष्टि जनाउँदै माघ ६ गते सन्दीपले फेसबुकमा लेखेको खुलेको छ ।
उनले फेसबुकमा उनले लेखेका थिए, धन्यवाद, सबैलाई, सबै कुराको लागि। यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैँ मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन्। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैँभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दले नभ्याउने गरी कृतज्ञ छु ।’
सो स्टाटसलाई सन्दीपले सन्यास लिन लागेको रुपमा समेट टिप्पणी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्राहकको जोखिम व्यवस्थापनका लागि वित्तीय साक्षरता
-
विधेयकका सिद्धान्त र बजेटबारे रास्वपाको कार्यशाला
-
‘आजको दिनमा नेपालले डिजिटल पब्लिक इन्फाट्रक्चरमा काम गर्नुपर्छ’
-
पाँचथरबाट ‘जारी २’को छायाङ्कन सुरु
-
सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण (तस्बिरहरू)
-
गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन