राष्ट्रपति ट्रम्पलाई रास्वपाले दियो शुभकामना
मङ्गलबार, ०८ माघ २०८१, २२ : ३१
काठमाडोँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संयुक्त राज्य अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिएको छ ।
रास्वपाले आज काठमाडौँस्थित अमेरिकी दूतावासमार्फत् अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गरेका ट्रम्पलाई बधाईसहित सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको पार्टीका कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
पार्टीले आज इमेलमार्फत् प्रेषित सन्देशमा अमेरिकामा ट्रम्पको ऐतिहासिक पुनःबहालीले अमेरिकी इतिहासमा उनको नेतृत्वको नयाँ अध्यायको थालनी भएको उल्लेख गरेको छ । “सन्देशमा नेपाल र अमेरिकाबीचको सम्बन्ध आपसी सम्मानमा आधारित रहेको र नेपालको लोकतान्त्रिक विकासका लक्ष्यहरू हासिल गर्न अमेरिका सदैव सहयोगी रहिआएको समेत उल्लेख छ”, कार्यबाहक प्रवक्ता रावलले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण