शान्ति सुरक्षामा सशस्त्र प्रहरीको महत्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनी मुख्यालय पकलीको २४ औँ स्थापना दिवसका अवसरमा आज इटहरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद्का समयमा उद्धारमा देखिआएको सक्रियता, समाजमा शान्ति स्थापनामा पुर्याएको योगदानको चर्चा गरे ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बोडरपोस्ट र कतिपय ठाउँमा भवनहरू नहुँदा सीमा सुरक्षामा निर्वाह गरेको भूमिका उल्लेख्य रहेको उनले बताए । मुख्यमन्त्री कार्कीले भने, ‘कोरोना महामारीका समयमा सीमा क्षेत्रमा र विपद् आउँदा अग्रभागमा खटिएर निर्वाह गरेको भूमिकाले प्रशंसायोग्य छ ।’ उनले सीमित स्रोत साधनका बीच सीमा क्षेत्रमा सुरक्षार्थ खटिएर राजस्व सङ्कलन वृद्धि गर्न र विपद् व्यवस्थापन कुशतलतापूर्वक गरिरहेकोमा प्रशंसा गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ५२ वटा बोडरपोस्ट निर्माण गरेको जानकारी दिँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “दुई ठूला देशको बीचमा नेपाल रहेको छ । भारतसँग खुला सीमा रहेकाले आपसी समन्वय र सहकार्यमार्फत मुलुकलाई लाभ हुने गरी काम गर्नुपर्दछ”, उनले भने ।
सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले सशस्त्र प्रहरीले विभिन्न अवरोध र अप्ठेयाराहरू सामना गर्दै जनताको सेवा गरी यहाँसम्म आइपुगेको बताए । प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाले सशस्त्र प्रहरीले गरिरहेको कामका विषयमा कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न व्यक्ति र प्रहरीलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि वाइसीएलको सम्मेलन
-
आईसीसीको नयाँ नियमले बलर उत्साही, देख्न पाइनेछ ‘रिभर्स स्विङ’को कमाल
-
चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
मानव तस्करीको नयाँ ‘ट्रेन्ड’ भिजिट भिसा : सेटिङ मिले विदेश, नमिले घर फिर्ता
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो