गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
काठमाडौँ । सशस्त्र प्रहरीको २४ औँ स्थापना दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि गृहमन्त्री रमेश लेखकलाई प्रमुख अतिथि बनाइएको छ । हलचोक स्थित सशस्त्रको मुख्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सशस्त्रका जवान र हवल्दारहरुलाई १६ वर्षमा अवकाशमा जान पाउने गरी कानुन निर्माण गर्न लागिएको बताए । उनले भने, ‘जवान र अधिकृतहरूको आवाज समेटेर विधेयक निर्माण गरेका छौँ ।’
मन्त्रिपरिषद्बाट स्वीकृत विधेयकमा जवान र हवल्दारहरुलाई १६ वर्षमा अवकाश दिने व्यवस्था राखिएको लेखकले बताए । उनले भने, ‘१६ वर्षमा अवकाशमा जान पाउने व्यवस्था राखेका छौँ ।’
सो ऐन छिट्टै संसद्मा दर्ता गरेर पारित गरिने लेखकले बताएका छन् । उनले भने,‘केही दिनमै विधेयकको रूपमा संसद्मा दर्ता गर्दैछौँ ।’
विपद् व्यवस्थापन सशस्त्र प्रहरीको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै लेखकले सशस्त्र प्रहरीले सञ्चालन गर्ने गरी फायर फाइटिङ स्कुल निर्माणको प्रस्ताव गरिएको बताएका छन् । उनले भने, ‘आगलागीको नियन्त्रणका लागी फायर फाइटिङ स्कुल निर्माण गर्ने प्रस्ताव अघि बढाएका छौँ ।’
त्यस्तै, कानुनी दायरामा रहेर कर्तव्य पालना गर्दा सरकार सधैँ सशस्त्र प्रहरीका कर्मचारीहरूको साथमा रहने लेखकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण