कर्णालीमा काङ्ग्रेसले सरकार छाड्ने धम्की दिएपछि बस्यो संयन्त्रको बैठक
सुर्खेत । कर्णालीमा सत्तारुढ दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको सरकार छाड्ने धम्की पश्चात् दुई दलीय संयन्त्रको बैठक बसेको छ । कांग्रेस कर्णाली प्रदेश पार्टी कार्यालयमा अपराह्न चार बजेदेखि बैठक चलेको हो ।
बैठकमा एमालेका तर्फबाट मुख्यमन्त्री यामलाल कँडेल, प्रदेश इन्चार्ज गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाह उपस्थित भएका छन् ।
यस्तै काङ्ग्रेसका तर्फबाट संसदीय दलका नेता जीवनबहादुर शाही, प्रदेश समितिका सभापति ललितजंग शाही सहभागी छन् ।
बैठकमा व्यापक छलफल भइरहेको एक नेताले बताए । सोमबारको संसद् बैठकमा काङ्ग्रेस दल नेता शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीलाई बर्खास्त गर्नुपर्ने, तत्कालीन अवस्थाको ८ बुँदे एक साताभित्र कार्यान्वयन नगरे सरकार छाड्ने धम्की दिएका थिए । उनको उक्त धम्कीसँगै प्रदेशको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण