बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधवार आईजीपी वसन्त कुँवरले बढुवा भएका वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
पुस २९ मा बढुवा समितिको सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनीहरूलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेका हुन् । दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा रमेश थापा, अजय केसी, अनुपम शमशेर जबरा, वीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पङ्गेनी, गोविन्द अधिकारी, विनोद सिलवाल, श्याम कुमार महतो, वेद विष्ट र शिव कुमार श्रेष्ठ छन् ।
त्यस्तै प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, सञ्जयसिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाललाई आईजीपी कुँवरले फुली लगाइदिएका हुन् ।
प्राविधिक समूहतर्फका एसपी र डीएसपीहरुलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको प्रहरी प्रदान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण