खेर जाँदै मेलम्चीको पानी, तस्बिरमा हेर्नुहोस्
बिहीबार, १० माघ २०८१, १५ : ४०

काठमाडौँ । राष्ट्रिय गौरवको परियोजनाको रूपमा रहेको मेलम्ची खानेपानी वितरण व्यवस्थित नहुँदा उपत्यकाको ठमेल, महाबौद्धलगायतका क्षेत्रमा दिनहुँ रूपमा पानी खेर गइरहेको छ । खानेपानी वितरणका लागि जडान गरिएको पाइप घर–घरमा जडान नहुँदा पानी खेर गएको हो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले समयमा मिटर जडान नगर्दा, हजारौँ लिटर पानी खेर गइरहेको स्थानीय बताउँछन् । महाबौद्ध क्षेत्रमा यसरी पानी खेर जाँदा सो क्षेत्रमा पसल सञ्चालन गर्ने व्यापारीहरूले सास्ती भोग्नु परेको छ । पसल अगाडि पानी जम्मा हुने र सफा गरिरहनु पर्ने भएका कारण व्यापारीहरूले सास्ती भोग्नु परेको हो ।
मेलम्ची खानेपानी परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्दै आएकोमा कुनै क्षेत्रमा खानेपानी खेर गएको छ भने कतै पानीको अभाव उस्तै छ ।