गजेन्द्रनारायण क्रान्तिकारी नेता : यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गजेन्द्रनारायण सिंह क्रान्तिकारी नेता भएको बताएका छन् । तर उनको साथमा रहेका नेताहरू स्वार्थी रहेको यादवको भनाइ छ ।
गजेन्द्रनारायण सिंहको २४ औँ स्मृति दिवसको उपलक्ष्यमा गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले आयोजना गरेको "गजेन्द्रबाबुको चिन्तन र मधेशको भावी कार्यदिशा" विषयक अन्तरक्रिया कार्यक्रममा उनले गजेन्द्रबाबुले प्रजातन्त्रका लागि क्रान्ति गरेको भएपनि उनले आफ्नो टिम बनाउन नसकेको बताए ।
देशमा थुप्रै परिवर्तन भएको उल्लेख गर्दै यादवले त्यसका लागि गजेन्द्रनारायणले निकै सङ्घर्ष गरेको बताए । देशमा परिवर्तन भएपनि खस आर्यको शासन प्रणालीमा परिवर्तन नभएको बताउँदै यादवले भाषा, संस्कृतिमा कुनै परिवर्तन नआएको बताए । त्यस्तै, देशको ब्राह्मणवादी सोचमा पनि परिवर्तन नआएको उनले बताए ।
देशमा लोकतन्त्रका लागि प्रक्रिया सुरु भएपनि स्थापना नभएको बताउँदै उनले राजनीति प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए । अहिले यथास्थितिमा मधेसले आन्दोलन गरेपनि मुक्ति प्राप्त गर्न नसक्ने यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण