ट्रम्पले फेरि गरे क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने कुरा
शुक्रबार, ११ माघ २०८१, १० : २०
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि करबाट बच्न अमेरिकाको एक राज्य बन्न सक्छ क्यानडा भनेर भनेका छन् । ‘क्यानडासँग हाम्रो ठुलो व्यापार घाटा छ । हामी यसलाई अब निरन्तरता दिन सक्दैनौँ, ’ ट्रम्पले भनेका छन् ।
‘तिमीलाई थाहा छ, मैले सधैँ भन्दै आएको छु- तिमी एक राज्य बन्न सक्छौँ । एक राज्य बन्यौँ भने व्यापार घाटा हुनेछैन र हामी तिमीमाथि शुल्क पनि लगाउने छैनौँ, ’ उनले भनेका छन् ।
क्यानडासँग व्यवहार गर्न गाह्रो भएको पनि उनले बताए । २ खर्ब वा साढे २ खर्ब डलरको व्यापार घाटा राम्रो नभएको र क्यानडाबाट अमेरिकालाई तेल र ग्यास पनि नचाहिएको उनले बताए ।
अमेरिकी सीमाना पार गरेर अवैध आप्रवासी र अवैध लागू औषध फेन्टानिल भित्रिने काम नरोकिएसम्म क्यानडाबाट आउने सामानहरूमा २५ प्रतिशत कर लगाइने ट्रम्पले हालै भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण