राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि राजन र सन्तोषीलाई
काठमाडौँ । राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकाय र सन्तोषी श्रेष्ठले जितेका छन् । शनिबार भएको म्याराथन अन्तर्गत पुरुष तर्फ विजेता राजनले निर्धारित दूरी १ घण्टा ६ मिनेट १० सेकेन्डमा पूरा गरेका हुन् ।
आर्मीकै खडक बहादुर खड्का दोस्रो र वाहोमका जुलियस मुर्कुली तेस्रो भए । खडकले १ घण्टा ६ मिनेट १५ सेकेन्ड र जुलियसले १ घण्टा ६ मिनेट २० सेकेन्डमा दूरी पूरा गरे । त्यस्तै महिलातर्फ सन्तोषीले १ घण्टा २० मिनेट ४८ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै उपाधि जितेकी हुन् । आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपाने दोस्रो र एपीएफ क्लबकी पुष्पा भण्डारी तेस्रो भइन् ।
पूर्णलक्ष्मीले १ घण्टा २२ मिनेट ५१ सेकेन्ड र पुष्पाले १ घण्टा २४ मिनेट २१ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । त्यस्तै पुरुष खुला १० किलोमिटर दौडमा सञ्जय विजयी भए । सञ्जयले निर्धारित दूरी ३० मिनेट १०।७ सेकेन्डमा पूरा गरे ।
महिला ५ किलोमिटरको उपाधि एपीएफ क्लबकी फुलमती रानाले जितिन् । उनले निर्धारित दुरी २३ मिनेट १३ सेकेन्डमा पूरा गरिन् । ह्वलचेयर पुरुषतर्फ भने रमेश खत्री विजयी भए । उनले निर्धारित दुरी ११ मिनेट ५० सेकेन्डमा पूरा गरेका थिए ।
ह्वेलचेयरकै महिला तर्फ भने ऐश्वर्य कुमारी कुमालले पहिलो स्थान हासिल गरिन् । उनले निर्धारित दुरी १५ मिनेट ४४ सेकेन्डमा पूरा गरिन् । नेपाल भेटेरिनरी संघको आयोजनामा भएको राइट टु प्रोटिन रनको विजेता सन्तोषी र राजनले समान १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
-
बेल्जियमलाई २–१ ले हराएर स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण