‘फेरि नयाँ जनवादी क्रान्ति गर्नुपर्ने कुरा दुःखदायी’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फेरि नयाँ जनवादी क्रान्ति गर्नुपर्ने कुरा दुःखदायी भएको बताएका छन् । शनिबार काठमाडौँमा एकदेव आलेको ५६ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले क्रान्ति शुद्धतामा अगाडि नबढ्ने भन्दै नेपालमा सामन्तवाद विरोधी क्रान्ति आधारभूत रूपमा सम्पन्न भयो की भएन भनेर हेर्न जरुरी रहेको बताएका हुन् ।
सामन्तवाद विरोधी क्रान्ति नै गर्छु भन्नु गलत भएको भन्दै सामन्तवाद आधारभूत रूपमा अन्त्य भएको उनको भनाई थियो। उनले समाजवादउन्मुख समृद्धि अहिलेको मूल कार्यक्रम र रणनीति बनाउनुपर्ने बताए ।
उनले भने, ‘फेरि नयाँ जनवादी क्रान्ति गर्नुपर्छ कि भन्ने बहस पनि अहिले बाँकी हुनु दुःखदायी कुरा हो । किनभने क्रान्ति शुद्धतामा अगाडि बढ्दैन । नेपालमा सामन्तवाद विरोधी क्रान्ति आधारभूत रूपमा सम्पन्न भयो की भएन भनेर हेर्ने हो । त्यसको आदर्श मोडेल नयाँ जनवाद हो । जसको नेतृत्व कम्युनिस्ट, सर्वहारा वर्गले गर्छ र त्यसको प्रभुत्वमा त्यो समाजवादमा शान्तिपूर्ण रूपले सम्पन्न हुन्छ, त्यो नयाँ जनवाद हो । त्यही रूपमा यहाँ सम्पन्न हुन सकेन यो सत्य हो । हाम्रो क्रान्तिको आदर्श मोडेलमा नयाँ जनवाद थियो, अहिले नयाँ जनवादी क्रान्ति सम्पन्न भएर नेपालमा नयाँ जनवाद स्थापना भएको स्थिति होइन । त्यसो भनेर फेरि सामन्तवाद नै छ, सामन्तवाद विरोधी क्रान्ति नै गर्छु भन्नु गलत कुरा हो । सामन्तवाद आधारभूत रूपमा अन्त्य भएको छ । त्यसका अवशेषहरू बाँकी छन् । ’
उनले नेपाल अहिले समाजवादी क्रान्तिको ऐतिहासिक चरणमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण