हेटौँडामा आइतबारबाट राष्ट्रिय पुरुष तथा महिला बुद्धिचाल प्रतियोगिता हुने
हेटौँडा । नेपाल बुद्धिचाल महासङ्घ र हेटौँडा चेस क्लबको आयोजनामा हेटौँडामा महिला तथा पुरुषको राष्ट्रिय प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आइतबारबाट हुने महासङ्घका महासचिव धरम लामाले जानकारी दिए ।
उनले पुरुषको २५ औँ र महिलाको १० औँ राष्ट्रिय प्रतियोगिता हुन लागेको बताए । हेटौँडा स्थित सामना होटलमा हुने प्रतियोगितामा पुरुषका १२ र महिलाका १२ जना खेलाडी सहभागी हुने उनको भनाई छ ।
१९ माघसम्म चल्ने प्रतियोगिता राउन्ड रोविनको आधारमा हुने महासचिव लामाले बताए । प्रतियोगितामा महिला र पुरुष गरी काठमाडौँका सबैभन्दा बढी ८ जना खेलाडीले सहभागिता जनाउने छन् ।
यस्तै झापाका ४, दोलखाका २ र मकवानपुर, चितवन, रौतहट, ललितपुर, भक्तपुर, सुनसरी, मोरङ, बारा र रुकुम पूर्वका एक/एक जना खेलाडीले सहभागी हुने महासङ्घका अध्यक्ष हिराकाजी महर्जनले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा महिला र पुरुष दुवै समूहबाट प्रथम हुनेले मार्च १० देखी १९ सम्म श्रीलंकामा हुने एसियन जोनल टुर्नामेन्ट र २०२६ मा उज्बेकिस्तानको राजधानी तास्कन्दमा हुने ओलम्पियाडमा सहभागी हुन पाउने छन् ।
यस्तै द्वितीय र तृतीय हुनेले क्रमशः १५/१५ र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । आवासीय सुविधासहितको प्रतियोगिता सञ्चालनका लागि २४ लाख २५ हजार रुपैयाँ खर्च हुने अध्यक्ष महर्जनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण