सभामुख घिमिरेले बोलाए संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलमा

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन् । सत्तामा रहेको दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सभामुख घिमिरेले सोमबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । सभामुख घिमिरेले केही बेरअघि सत्तामा रहेको दल नेपाली काग्रेस र एमालेका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा उपसभामुख इन्दिरा रानासहित एमालेका मुख्य सचेक महेश बर्तौला तथा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे उपस्थित रहेका थिए । ‘सभामुखले हामीसँग केही विषयमा धारणा बुझ्न खोज्नुभयो‚’ घिमिरेले भने‚ ‘सबै हतारमा भएकाले धेरै कुरा भएन । भोली बिहान ११ बजेका लागि सबै दलका प्रमुख सचेतकहरूलाई बैठकमा बोलाउनुभएको छ ।’
घिमिरेका अनुसार संसद्को हिउँदे अधिवेशनको तयारी स्वरूप सभामुख घिमिरेले बैठक बोलाएका हुन् । संसद्को हिउँदे अधिवेशन यहीँ माघ १८ बाट सुरू हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन