सभामुख घिमिरेले बोलाए संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलमा
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन् । सत्तामा रहेको दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सभामुख घिमिरेले सोमबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । सभामुख घिमिरेले केही बेरअघि सत्तामा रहेको दल नेपाली काग्रेस र एमालेका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा उपसभामुख इन्दिरा रानासहित एमालेका मुख्य सचेक महेश बर्तौला तथा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे उपस्थित रहेका थिए । ‘सभामुखले हामीसँग केही विषयमा धारणा बुझ्न खोज्नुभयो‚’ घिमिरेले भने‚ ‘सबै हतारमा भएकाले धेरै कुरा भएन । भोली बिहान ११ बजेका लागि सबै दलका प्रमुख सचेतकहरूलाई बैठकमा बोलाउनुभएको छ ।’
घिमिरेका अनुसार संसद्को हिउँदे अधिवेशनको तयारी स्वरूप सभामुख घिमिरेले बैठक बोलाएका हुन् । संसद्को हिउँदे अधिवेशन यहीँ माघ १८ बाट सुरू हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण