मेक्सिकोको एक्सनले ट्रम्पको कारबाहीमा धक्का
मेक्सिको सिटी । अमेरिकामा अवैध आप्रवासीहरूलाई देश निकाला गर्न व्यापक कारबाही चलिरहेको छ । यसैबिच मेक्सिकोले ठुलो कदम चालेको छ । मेक्सिकोले अमेरिकाबाट आउने आप्रवासी उडानलाई अवतरण गर्न अनुमति दिन अस्वीकार गरेको छ ।
मेक्सिकोको यो कदमले अवैध आप्रवासन विरुद्धको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कारबाहीलाई ठुलो धक्का दिएको छ ।
शपथ लिएदेखि नै ट्रम्पले आप्रवासनका लागि मेक्सिको सीमा बन्द गर्ने र अमेरिकामा स्थायी कानुनी स्थिति नभएका लाखौँ आप्रवासीहरूलाई देश निकाला गर्ने उद्देश्यले कार्यकारी आदेशहरूको एक शृङ्खला जारी गरेका थिए । उनले शरणार्थी पुनर्वास कार्यक्रम पनि रद्द गरे ।
उनको प्रशासनले उनको नयाँ आप्रवासन नीतिहरू लागू नगर्ने अधिकारीहरूलाई मुद्दा चलाउने आफ्नो मनसाय पनि व्यक्त गरेको छ । त्यसबेलादेखि अमेरिकाबाट अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रिया निरन्तर चलिरहेको छ ।
यसअघि, अमेरिकी वायुसेनाको दुई उडानहरू मार्फत १६० जना आप्रवासीलाई सफलतापूर्वक ग्वाटेमाला पुर्याइएको थियो । त्यसपछि आप्रवासीहरूलाई लिएर अर्को उडान आइपुग्यो । तर मेक्सिकोले अवतरण गर्न अनुमति दिएन । ह्वाइट हाउसका अधिकारीहरूले प्रशासनिक त्रुटिका कारण यो भएको बताइरहेका छन् । हालै राष्ट्रपति ट्रम्पले मेक्सिकोमा २५ प्रतिशत कर लगाउने धम्की पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण