‘जनै हराएको बाहुन’ मा विजयको इन्ट्री
काठमाडौँ । ‘पूर्णबहादुरको सारंगी’ बाट मुख्य भूमिकामा देखिएका विजय बराल ‘जनै हराएको बाहुन’ मा पनि भित्रिएका छन् । निर्माण कम्पनी पेपरक्लिप प्रालिले फिल्ममा उनलाई मुख्य भूमिकामा अनुबन्धित गरेको हो । बराल फिल्ममा भित्रिएको निर्देशक हिमाल न्यौपानेले जानकारी दिए ।
कथा, पटकथा र संवाद भानुभक्त ढकालको रहेको फिल्ममा गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तन कथाको रूपमा रहेको छ । फिल्मका निर्माता सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ हुन् ।
नवीन गुरुङ छायाकार रहेको फिल्ममा अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ । यो वर्षको अन्त्य सम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको फिल्म २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण