अस्ट्रेलियन ओपन टेनिस : सिनियाकोभा र टाउनसेन्डको जोडीले चुम्यो महिला डबल्सतर्फको उपाधि
काठमाडौँ । पहिलो वरीइतामा आसिन क्याटरिना सिनियाकोभा र टेलर टाउनसेन्डको जोडीले वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको महिला डबल्सतर्फको उपाधि जितेको छ ।
अमेरिकाकी टाउनसेन्ड र चेक गणतन्त्रकी सिनियाकोभाको जोडीले आइतबार सम्पन्न फाइनलमा तेस्रो वरीयतामा आसिन हसिह सु–वेई र जेलेना आस्टापेन्कोको जोडीलाई हराउँदै उपाधि चुमेको हो ।
रोमाञ्चक फाइनलमा टाउनसेन्ड र सिनियाकोभाको जोडी ६–२, ६–७ (४), ६–३ अंकसे विजयी भयो । फाइनल खेल जित्न उक्त जोडीले दुई घण्टा २७ मिनेट समय खर्चिएको थियो ।
महिला डबल्सतर्फकी प्रभावशाली खेलाडी सिनियाकोभाले हालसम्म ग्रान्डस्लाम प्रतियोगितामा १० वटा युगलतर्फको उपाधि चुमिसकेकी छन् । मार्टिना हिंगिसपछि उनी ग्रान्डस्लाम प्रतियोगितामा महिला डबल्सतर्फ १० वटा उपाधि चुम्ने पहिलो खेलाडी पनि बनेकी छन् ।
यसअघि, सन् २०१५ मा स्विस टेनिस सुन्दरी मार्टिना हिंगिजले ग्रान्डस्लाम प्रतियोगितामा १० पटक महिला डबल्सतर्फको उपाधि जितेकी थिइन् । सिनियाकोभाले अस्ट्रेलियन ओपनमा जितेको भने यो तेस्रो उपाधि हो ।
यसअघि उनले सन् २०२२ र सन् २०२३ मा पनि महिला डबल्सतर्फको उपाधि चुमेकी थिइन् । त्यतिबेला उनले बारबोरा क्रेजिकोवासँग मिलेर महिला डबल्सतर्फको उपाधि हात पारेकी थिइन् । सिनियाकोभाले डब्लूटीए महिला डबल्स स्पर्धामा जितेको यो २९औँ उपाधि पनि हो ।
यसैगरी, सिनियाकोभाकी जोडी टाउनसेन्डले डब्लूटीए स्पर्धामा महिला डबल्सतर्फ जितेको यो आठौँ उपाधि हो । उनले हालसम्म दुईवटा ग्रान्डस्लाम उपाधि चुमेकी छन् । यसअघि, उनले गत वर्ष विम्बल्डनमा महिला डबल्सतर्फको उपाधि जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण