सोनाम ल्होसारमा राक्सिराङमा ३ दिन बिदा
आइतबार, १३ माघ २०८१, १७ : ०९
हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आएको उक्त पर्वको अवसरमा गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
माघ १६, १७ र १८ गते सार्वजनिक बिदा हुने गाउँपालिकाले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । सार्वजनिक बिदाको दिन गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्था बन्द रहने छन् ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिकामा तामाङ समुदायको बाहुल्यता रहेको र उनीहरूको पर्वलाई विशेष बनाउन बिदा दिइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण