संसदीय दलको बैठकमा शंकर भण्डारीको कटाक्ष
काठमाडौँ । कांग्रेस सांसद शंकर भण्डारीले संसदीय दलको बैठकमा कटाक्ष गरेका छन् । आइतबार बसेको बैठकमा उनले बैठक सञ्चालन प्रक्रियाबारे सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका हुन् ।
‘सभापतिजी जनआन्दोलनका कमाण्डरले पार्टी छाडेको इतिहास छ त्यसैगरी किसुनजीले पनि । यो बैठक सञ्चालन प्रक्रिया देखेर मलाई गम्भीर बनायो’, उनले भने, ‘जनताले जिताएरै पठाए त्यो नै सर्वोत्कृष्ट उत्तीर्ण हो । तर यहाँ कुन विधाको मान्छे पढाइरहेको छ ?’
बैठकमा विज्ञहरूको नामबाट अध्यादेशबारे ब्रिफिङ भएपछि भण्डारीले यस्तो प्रश्न गरेको एक सांसदको भनाइ छ ।
ती सांसदका अनुसार प्रताप पौडेल र सेमन्त दाहालको विषयमा प्रश्न उठाएका हुन् । ‘एकै व्यक्ति महामन्त्रीको सचिवालय तथा सरकारको अध्यादेश ड्राफ्टमा त्यही मान्छे र यहाँ पढाइरन्छ’, भण्डारीको भनाइको आशय थियो, ‘बीआरआई ड्राफ्टमादेखि सोही व्यक्ति स्वास्थ्य मन्त्रीको सल्लाहाकार पनि छ ।’ यही देखाएर पौडेलको पढाउने योग्यतामा सभापतिलाई भण्डारीले प्रश्न गरेको ती सांसदको भनाइ छ ।
बीआरआई ड्राफ्टमा काम गर्ने सेमन्त दाहाल समेत विज्ञको नाममा महामन्त्री गगन थापाले संसदीय दलको बैठकमा लामो समय गोष्ठी जसरी विज्ञ खडा गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण