९० हजार मेट्रिक टन गहुँ आयात अनुमतिका लागि आवेदन आह्वान
काठमाडौँ । ९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन आह्वान भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भारतले निर्धारण गरेको गहुँ निर्यातको ९० हजार मेट्रिक टनको कोटा अनुसार गहुँ आयातका लागि इच्छुक व्यक्तिसँग आवेदन माग गरेको हो ।
इच्छुक व्यक्तिले कम्तीमा १०० मेट्रिक टनदेखि बढीमा १० हजार मेट्रिक टन आयातका लागि निवेदन दिन सक्ने विभागले जनाएको छ । प्रस्ताव पेस गर्ने कम्पनीको न्यूनतम चुक्ता पुँजी १ करोड रुपैयाँ हुनुपर्ने, वित्तीय स्रोतको सुनिश्चितता भएको हुनुपर्ने व्यवस्था समेत गरिएको छ ।
आयात अनुमति पाउने कम्पनीले तोकिए बमोजिमको परिमाण तीन महिनाभित्र आयात गरिसक्नुपर्ने उल्लेख गरिएको छ । त्यसरी अनुपात गरिएका कम्पनीले आयात, बिक्री र मौज्दातसम्बन्धी विवरण साप्ताहिक रूपमा विभागलाई पेस गर्नुपर्ने समेत उल्लेख गरिएको छ । यस्तो विवरणको अनुगमन विभागले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण