नेकपाले काठमाडौँमा खोल्यो ‘सी व्यापार केन्द्र’, विप्लवद्वारा उद्घाटन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा आफ्नै लगानीमा ‘सी व्यापार केन्द्र’ खोलेको छ । बुढानीलकण्ठ नगरपालिकास्थित तल्लो पासीकोट पिपलचोकमा खोलिएको व्यापार केन्द्रको महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार उद्घाटन गरेका हुन् ।
देशभर उत्पादन गरेको सामानको बजारीकरण गर्ने नीतिअनुरूप केन्द्र खोलिएको नेता खगेस्वर केसीले जानकारी दिए । केसीले उत्पादन भएका आलु उद्योगी विनोद चौधरीको सिजी फुड्सलाई दिने गरी सहमति भएको बताए ।
‘पार्टी महासचिव विप्लवको योजनाअनुसार ‘सी व्यापार केन्द्र’ स्थापना गरिएको हो । पार्टीकै लगानीमा व्यापार केन्द्र खोलिएको हो । अन्यको लगानी छैन । देशभर पार्टीले उत्पादन गर्ने आलु विनोद चौधरीको सिजी फुड्सलाई दिने सहमति भएको छ’, उनले भने, ‘आलुबाहेक तोरी, धान, गहुँ, फलफूल, जुस लगायत उत्पादन लगेर केन्द्रमा राख्छौँ । एक प्रकारले बिग मार्ट जस्तै बन्छ । त्यहीबाट बिक्री गर्छौँ ।’
केन्द्रबाट दाल, चामल, तेल, चिनी, फलफूल लगायत सामानहरू पाइने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *