नेकपाले काठमाडौँमा खोल्यो ‘सी व्यापार केन्द्र’, विप्लवद्वारा उद्घाटन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा आफ्नै लगानीमा ‘सी व्यापार केन्द्र’ खोलेको छ । बुढानीलकण्ठ नगरपालिकास्थित तल्लो पासीकोट पिपलचोकमा खोलिएको व्यापार केन्द्रको महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार उद्घाटन गरेका हुन् ।
देशभर उत्पादन गरेको सामानको बजारीकरण गर्ने नीतिअनुरूप केन्द्र खोलिएको नेता खगेस्वर केसीले जानकारी दिए । केसीले उत्पादन भएका आलु उद्योगी विनोद चौधरीको सिजी फुड्सलाई दिने गरी सहमति भएको बताए ।
‘पार्टी महासचिव विप्लवको योजनाअनुसार ‘सी व्यापार केन्द्र’ स्थापना गरिएको हो । पार्टीकै लगानीमा व्यापार केन्द्र खोलिएको हो । अन्यको लगानी छैन । देशभर पार्टीले उत्पादन गर्ने आलु विनोद चौधरीको सिजी फुड्सलाई दिने सहमति भएको छ’, उनले भने, ‘आलुबाहेक तोरी, धान, गहुँ, फलफूल, जुस लगायत उत्पादन लगेर केन्द्रमा राख्छौँ । एक प्रकारले बिग मार्ट जस्तै बन्छ । त्यहीबाट बिक्री गर्छौँ ।’
केन्द्रबाट दाल, चामल, तेल, चिनी, फलफूल लगायत सामानहरू पाइने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण