६ महिनामा आयो २५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा २५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता (एफडीआई) आएको छ । २०८१ पुस मसान्तसम्ममा २५ अर्ब ७७ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ ।
विभागका अनुसार पुस मसान्तसम्म ‘अटोमेटिक रुट’ र ‘अप्रुभल रुट’ बाट गरी कुल २५ अर्ब ७७ करोड ६४ लाख बराबर लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा कुल ३ सय ५४ उद्योग दर्ता भएका छन् ।
दर्ता उद्योगमध्ये अटोमेटिक रुटबाट मात्र १ सय ५४ दर्ता भएको देखिएको छ । यो रुटबाट २ अर्ब ३८ करोड रुपैयाँ र अप्रुभल रुटबाट २३ अर्ब ३९ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
यससँगै नेपालमा हालसम्म नेपालमा कुल वैदेशिक लगानीका लागि प्रस्तावित रकम ५ खर्ब ३७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । स्वीकृत लगानीका लागि ६ हजार ७ सय ५३ उद्योग दर्ता भएको विभागले जनाएको छ ।
जसमध्ये साना उद्योग सङ्ख्या ३ सय ४५ छ । मझौला उद्योग सङ्ख्या ५ र ठुला उद्योग ४ रहेको विभागको तथ्याङ्क छ ।
यसरी आएको लगानी प्रतिबद्धतामध्ये पनि पर्यटनमा ठुलो हिस्सा छ । पर्यटनमा कुल १ सय ५७ उद्योग दर्ता भएका छन् । यो कुल सङ्ख्याको ४४ प्रतिशत भएको विभागले जनाएको छ । यसैगरी सूचना प्रविधिमा १ सय १९, सेवा क्षेत्र ४५, उत्पादन २५ र कृषि क्षेत्रमा ६ उद्योग पूर्वाधारमा २ उद्योग दर्ता भएको छ । ऊर्जा र खनिजमा कुनै लगानी आएको देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण