अल–हिलाल छाडेका नेमार पुरानै क्लबमा फर्कने तयारीमा
काठमाडौँ । लामो समयदेखिको अनुमानलाई सही सावित गर्दै ब्राजिलियन फुटबल स्टार नेमारले साउदी अरेबियन क्लब अल–हिलाल छाडेका छन् । अल¬हिलालले पनि ३२ वर्षीय स्ट्राइकर नेमारले क्लब छाडेको पुष्टि गरेको छ ।
अल–हिलालले दुबै पक्षको सहमतिमा नेमारले क्लब छाडेको जनाएको छ । नेमार सन् २०२३ मा साउदी व्यवसायीक लिगमा आबद्ध भएका थिए । उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर अल–हिलालसँग जोडिएका थिए ।
नेमार अब ब्राजिलियन क्लब सान्तोसमा आबद्ध हुने बताइएको छ । उनले यसअघि पनि सान्तोषबाट व्यवसायी फुटबल खेलिसकेका छन् । नेमारले व्यवसायी फुटबलमा सान्तोषबाटै सिनियर टोलीमा ‘डेब्यू’ पनि गरेका थिए ।
यसअघि उनी सन् २००९ देखि सन् २०१३ सम्म सान्तोषमा आबद्ध थिए । त्यसपछि उनी सान्तोष छाडेर स्पेनिस क्लब बार्सिलोना पुगेका थिए । अल–हिलालमा करिब दुई वर्ष बिताएपछि घाइते समस्याका कारण उनले क्लबका लागि धेरै खेल भने खेल्न सकेनन् ।
नेमारले अल–हिलालका लागि केवल सात खेल खेल्दै एक गोलमात्र गरे । उनको नयाँ क्लब सान्तोष भर्खरै ब्राजिलियन लिगको पहिलो श्रेणीमा उक्लिएको छ । त्यसैले प्रभावशाली खेलाडी नेमारलाई भित्राएर सान्तोष आफ्नो टोलीलाई बलियो बनाउने योजनामा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण