जितविहीन बन्दै उपाधि होडबाट बाहिरियो वेस्ट इन्डिज
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यु–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर–६’ चरणमा वेस्ट इन्डिज सबैभन्दा कमजोर टोलीका रूपमा दरिना पुग्यो । ‘सुपर–६’ चरणमा वेस्ट इन्डिज आफूले खेलेको चारवटै खेलमा पराजित भयो ।
वेस्ट इन्डिज आफ्नो पछिल्लो खेलमा मङ्गलवार बङ्गलादेशसँग पनि १० विकेटको फराकिलो अन्तरले पराजित भयो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यारेबियन टोलीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर ५४ रन बनायो ।
जवाफी ब्याटिङमा ओर्लिएको बङ्गलादेशले भने ८.५ ओभरमै कुनै पनि विकेट नगुमाई विजय लक्ष्य पुरा गर्यो । वेस्ट इन्डिज उपाधि होडबाट भने यसअघि नै बाहिरिइसकेको छ । चारवटै खेलमा पराजित भएको वेस्ट इन्डिज अङ्क तालिकामा सबैभन्दा तल रह्यो ।
‘सुपर–६’ चरणको समूह–१ बाट भारत र अस्ट्रेलिया प्रतियोगिताको सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छ । तर, समूह विजेताको टुङ्गो लाग्न भने बाँकी छ । भारतले आफ्नो अन्तिम खेल स्कटल्यान्डसँग र अस्ट्रेलियाले आफ्नो अन्तिम खेल श्रीलङ्कासँग खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण