नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली हानिकारक हुन्छ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपालका लागि हानिकारक हुने बताएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको विचार सभालाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुअघि धेरै बहसको आवश्यकता रहेको स्पष्ट पारे ।
‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भयो भने के होला हालत ? अमेरिकामा अहिले भागाभाग छ । बोल्यो कि पोल्यो हुन्छ । नेपाल जस्तो देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जान धेरै बहस गर्नुपर्छ’, उनले भने ।
कार्यक्रममा नेपालले कम्युनिस्ट पार्टी एक हुन पहिला विचार मिल्नुपर्ने धारणा राख्नुपर्ने बताए । विचार मिलेन र साझा सहमतिमा नपुगी भएको एकता काँचो हुने उनले तर्क राखे । तर एउटै पार्टी बनाउन नसकेपनि समाजवादी मोर्चा बनाएर जानुपर्ने धारणा उनले राखे । मोर्चामा रहेका तीन पार्टी(माओवादी, एकीकृत समाजवादी र नेकपा) मिलेर अगाडि बढे देश तथा विदेशमा तरंग ल्याउने नेपालको दाबी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द