चिनियाँ एप डीपसीकले उथलपुथल पारेको अमेरिकी शेयर बजार आयो ट्रयाकमा
काठमाडौं । चिनियाँ एआई एप डीपसीकको थेगिनसक्नु डाउनलोडले उथलपुथल भएको अमेरिकी शेयर बजार मंगलबार ट्रयाकमा आएको छ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एप डीपसीकको लोकप्रियताले सोमबार अमेरिकी मुख्य टेक कम्पनीहरुको शेयर मूल्यमा भारी गिरावट आएकामा मंगलबार बजार स्थिर बनेको हो ।
चिप लिडर एनभिडियाको शेयर मूल्यमा मंगलबार सामान्य सुधार देखियो । पछिल्लो दुई वर्षयता अेमरिकी शेयर बजारमा एआई लगानीले तीब्र बढावा पाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो क्षणलाई अमेरिकी प्रविधि उद्योगका लागि ‘जागने घण्टी’को संज्ञा दिए । उनले त्यसो गर्दा अमेरिकाका लागि यो चेतावनी सकारात्मक सावित हुनसक्ने सुझाव समेत दिएका छन् ।
ट्रम्पले एयरफोर्स वनमा संवाददाताहरुसँग भने, ‘यदि कम लागतमा अन्यसरह अन्तिम परिणाम हासिल गर्न सकिन्छ भने यो हाम्रो लागि खास हुनसक्छ ।’ साथै ट्रम्पले आफुलाई सफलताको चिन्ता नरहेको र अमेरिका यो क्षेत्रमा एक प्रमुख खेलाडी बनिरहने प्रतिक्रिया समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण