अखिल क्रान्तिकारी निर्वाचन : केन्द्रीय सदस्य, सचिवालय सदस्य र आयोगका पदाधिकारीको मतगणना सकियो
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको विश्वविद्यालय र उपत्यका विशेष अन्तर्गत केन्द्रीय सदस्य, सचिवालय सदस्य र आयोगका पदाधिकारीहरूको मतगणना सकिएको छ ।
अहिले केन्द्रीय पदाधिकारीको मत गणना सुरु गर्न लागेको अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटाले जानकारी दिए । विवादकारबिच हिजो राति १० बजेबाट माओवादीको कार्यालय पेरिसडाँडामा मत गणना भएको थियो ।
सचिव, महासचिव, उपमहासचिव, उपाध्यक्षको मत गणना गरेर मात्र अध्यक्षको गणना हुने सापकोटाले रातोपाटीलाई बताए । उनका अनुसार समग्रमा मिश्रित नतिजा आएको दाबी गरेका छन् ।
अध्यक्ष पदका लागि सापकोटासहित हेमन्त राई, सुदिन पौडेल र उपदेश यादव चुनावी मैदानमा छन् । क्रान्तिकारीको २३ औँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो । ९ प्रदेशमध्ये ७ प्रदेशको नतिजा आइसकेको छ । मतगणना सकिएपछि निर्वाचन समितिले आजै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण