सामसङ नेपालले ल्यायो ९ किलो फ्रन्ट लोड वासिङ मेसिन

काठमाडौँ । सामसङ नेपालले नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।
ठुला–लोडहरूको लागि पूर्ण रूपमा उपयुक्त रहेको ९केजी बिस्पोक फ्रन्ट–लोड वासिङ मेसिनले उपभोक्ताहरूलाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सुविधा बढाएको कम्पनीले जनाएको छ । यसमा एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिड जस्ता उन्नत प्रविधिहरू छन् ।
सुपर स्पिड टेक्नोलोजीले वास साइकललाई ३९ मिनेट सम्ममा पूरा गर्दछ र हाइजीन स्टीमले ९९.९% ब्याक्टेरिया र एलर्जीहरू हटाउने कम्पनीको भनाई छ । यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७०% सम्म घटाउनको लागि एआई एनर्जी मोड पनि समावेश छ । डिजिटल इन्भर्टर टेक्नोलोजी (डीआईटी) ले यी वासिङ मेसिनहरूमा २० वर्षको वारेन्टी सुनिश्चित गरेको छ ।
सामसङको नयाँ ९ केजी फ्रन्ट–लोड वासिङ मेसिनहरूको मूल्य १ लाख १ हजार ९९० रुपैयाँबाट सुरु हुन्छ । सामसङले यसमा २०% सम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको छ । यी उपकरणहरूमा ०% ब्याज ईएमआई अफर रहेको छ । साथै ९केजी वासिङ मेसिनमा एक्सचेन्ज गरी अपग्रेड गर्ने उपभोक्ताहरूले ३ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्छन्।
यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म