सामसङ नेपालले ल्यायो ९ किलो फ्रन्ट लोड वासिङ मेसिन
काठमाडौँ । सामसङ नेपालले नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।
ठुला–लोडहरूको लागि पूर्ण रूपमा उपयुक्त रहेको ९केजी बिस्पोक फ्रन्ट–लोड वासिङ मेसिनले उपभोक्ताहरूलाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सुविधा बढाएको कम्पनीले जनाएको छ । यसमा एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिड जस्ता उन्नत प्रविधिहरू छन् ।
सुपर स्पिड टेक्नोलोजीले वास साइकललाई ३९ मिनेट सम्ममा पूरा गर्दछ र हाइजीन स्टीमले ९९.९% ब्याक्टेरिया र एलर्जीहरू हटाउने कम्पनीको भनाई छ । यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७०% सम्म घटाउनको लागि एआई एनर्जी मोड पनि समावेश छ । डिजिटल इन्भर्टर टेक्नोलोजी (डीआईटी) ले यी वासिङ मेसिनहरूमा २० वर्षको वारेन्टी सुनिश्चित गरेको छ ।
सामसङको नयाँ ९ केजी फ्रन्ट–लोड वासिङ मेसिनहरूको मूल्य १ लाख १ हजार ९९० रुपैयाँबाट सुरु हुन्छ । सामसङले यसमा २०% सम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको छ । यी उपकरणहरूमा ०% ब्याज ईएमआई अफर रहेको छ । साथै ९केजी वासिङ मेसिनमा एक्सचेन्ज गरी अपग्रेड गर्ने उपभोक्ताहरूले ३ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्छन्।
यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण