सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्रमा उत्साह देखियो : उपमहासचिव ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आर्थिक रूपान्तरण र सुशासन कायम गर्नेगरी सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको बताएका हुन् ।
उपमहासचिव ज्ञवालीले संसदमा दर्ता भएको सामाजिक सञ्जाल नियमनसम्बन्धीको विधेयकले सबैलाई मर्यादामा राख्ने, प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने जिकिर गरे । त्यस्तै उनले देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठुलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको धारणा राखे ।
उपमहासचिव ज्ञवालीले एमालेको राजनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आउने चर्चाका विषयमा संवैधानिक राष्ट्रप्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित नभएको उल्लेख गरे । उनले देशमा स्थायित्वका लागि अहिलेको गठबन्धन बनेको र केही निराशा चिर्नेगरी सरकारले काम गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ भजहर कप फुटबलमा पुलिस क्लब र कर्मचारी ग्रुप विजयी
-
प्रिसा साह मृत्यु प्रकरण : कीट विश्वविद्यालयद्वारा दुःख व्यक्त
-
माओवादीले एक लाख जनता उतारेपछि राजावादीको आन्दोलन ओझेलमा पर्यो : महासचिव देव गुरुङ
-
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह
-
स्वास्थ्यमन्त्रीको चेतावनी : आठौँ तह सरह भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज हुनसक्छ
-
मेयर–उपमेयर ‘टकराब’ : सुनिताको प्रतिरोध एकपछि अर्को किन ?