एआई युद्ध : डिपसिकलाई उछिन्ने भन्दै अलिबाबाले रिलिज गर्यो आफ्नो एआई मोडल
बेइजिङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले बुधबार क्वेन २.५ आर्टिफिसिल इन्टिलिजेन्स (एआई) को नयाँ भर्सन रिलिज गरेको छ । यसले हाल चर्चामा रहेको ‘डिपसिक’ लाई समेत उछिन्ने कम्पनीले दाबी गरेको हो ।
लुनार नयाँ वर्षको अवसरमा अधिकांश चिनियाँ नागरिकहरू परिवारसँग छुट्टी मनाइरहेको अनौठो समयमा क्वेन २.५–म्याक्स रिलिज गर्नुलाई डिपसिकले पछिल्ला तीन हप्तामा विश्वव्यापी रूपमा मात्र नभएर चिनियाँ बजारमा समेत पारेको प्रभावलाई कारक मानिएको छ ।
अलिबाबाको क्लाउड युनिटले आधिकारिक विच्याट अकाउन्टमा घोषणा गर्दै क्वेन २.५ म्याक्सले डिपसिकका साथै ओपन एआई र मेटाको सबैभन्दा उन्नत ओपन सोर्स एआई मोडललाई समेत पछि पार्ने दाबी गरेको छ ।
जनवरी १० मा रिलिज गरिएको डिपसिक एआई एसिस्टेन्ट र जनवरी २० मा रिलिज गरिएको आरवान मोडलले सिलिकन भ्यालीलाई स्तब्ध बनाएको थियो । तर, यसको सफलताले घरेलु बजारमा पनि प्रतिस्पर्धीहरूलाई आफ्नो एआई मोडलहरू परिष्कृत गर्न दबाब सिर्जना गरेको छ ।
डिपसिक आरवान रिलिज भएको दुई दिनपछि नै बाइटडाइन्सले आफ्नो एआई मोडलको अपडेट रिलिज गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण