आवासीय चिकित्सकको निर्वाह भत्ता २५ हजार तोकिएकोमा अभियानको आपत्ति
काठमाडौँ । चिकित्सा शिक्षा सङ्घर्ष अभियानले आवासीय चिकित्सकहरूको निर्वाह भत्ता २५ हजार रुपैयाँ तोकिएकोमा आपत्ति जनाएको छ । स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूको निर्वाह भत्ता मासिक न्यूनतम २५ हजार रुपैयाँ तोकिएको छ ।
संयोजक मनिष भट्टराईसहितका पदाधिकारीले जारी गरेको विज्ञप्तिमा आवासीय चिकित्सकहरूको न्यूनतम निर्वाह भत्ता २५ हजार तोकिनु निकै दु:खद भएको जनाए । स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले गरेको उक्त निर्णय फिर्ता लिन समेत माग गरेको छ ।
अवैज्ञानिक र नियोजित रूपमा मन्त्रीस्तरीयबाट भएको निर्णय फिर्ता लिनुपर्ने माग गरेको हो । आवासीय चिकित्सकहरूका माग सम्बोधन नगरिएको खण्डमा सम्पूर्ण मेडिकल तथा पारामेडिकल फेकल्टीका साथै पीजी/इन्टर्न विद्यार्थीहरूका साथमा जुनसुकै समयमा पनि आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने समेत चेतावनी दिएको छ ।
माघ १४ गते शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले तीन बुँदे निर्णय गर्दै आवासीय चिकित्सकहरूको निर्वाह भत्ता तोकेका थिए । त्यसको विरोधमा आवासीय चिकित्साहरू आन्दोलनमा छन् । आन्दोलनरत चिकित्सकहरूलाई सरोकारवाला क्षेत्रबाट ऐक्यबद्धता समेत आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण