सोनाम ल्होसार पर्वले सबै बिचको एकतालाई सुदृढ गर्दै आत्मियता र सदभाव कायम गरोस् : अध्यक्ष यादव
बिहीबार, १७ माघ २०८१, ११ : ५६

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सोनाम ल्होसार पर्वले सबै नेपाली बिचको एकतालाई सुदृढ गर्दै आत्मियता, समझदारी, सदभाव र सहिष्णुता कायम गरोस् भन्ने कामना गरेका छन् ।
बिहीबार सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै उनले सो पर्वको अवसरमा सबैबिच आत्मियता, समझदारी, सदभाव र सहिष्णुता कायम गर्ने उत्प्रेरणा मिलोस् भन्ने कामना गरेका हुन् ।
यादवले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधायुक्त नेपाली समाज भएको भन्दै ल्होसार पर्वले सबैबिचको एकतालाई जोड्नुपर्ने बताएका छन् ।
आज देशभर तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाउँदैछन् ।