तीन दिनदेखि मेची राजमार्गमा यातायात ठप्प, यातायात व्यवसायीको विरोध
बिहीबार, १७ माघ २०८१, १२ : ०६
काठमाडौँ । तीन दिनदेखि मेची राजमार्गमा यातायात ठप्प छ । पाथीभरा केबलकारको विरोधमा गरिएको यातायात हडतालका कारण उक्त राजमार्ग अवरुद्ध हुन पुगेको हो ।
यातायात अवरोध भएसँगै यातायात व्यवसायीले यसको विरोध गरेका छन् । बुधबार नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ इलामले प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित भएको तथा २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा ऋण लिई ल्याइएको सवारी साधन बन्द हुँदा यातायात व्यवसायी ब्याज र किस्ता तिर्न नसक्ने अवस्थामा पुग्ने भन्दै ध्यानाकर्षण गरेको हो ।
साथै मजदुर र परिवारको जीवनयापनमा समस्या भएको भन्दै वार्ता र संवादबाट समस्या समाधान गरी तत्काल बन्द खुला गर्न माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण