६ महिनामा १६ अर्बभन्दा बढीको स्मार्ट फोन र १८ करोड भन्दा बढीको स्मार्ट वाच आयात
बिहीबार, १७ माघ २०८१, १३ : १३

काठमाडौँ । ६ महिनाको अवधिमा नेपालमा १६ अर्बभन्दा बढीको स्मार्ट फोन र १८ करोडभन्दा बढीको स्मार्ट वाच आयात भएको छ ।
भन्सार विभागको चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्मको तथ्यांकअनुसार १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार रुपैयाँ बराबरको ११ लाख ११ हजार ५५६ थान स्मार्ट फोन आयात भएको छ । उक्त फोन आयात हुँदा ३ अर्ब ११ करोड ६८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
सोहि अवधिमा १८ करोड ८९ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख ७ हजार ७८९ थान स्मार्ट वाच आयात भएको छ । उक्त स्मार्ट वाच आयात हुँदा ५ करोड ६८ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा