एक दोहोरो शतक, दुई शतक : श्रीलंकाविरुद्ध अस्ट्रेलियाको विशाल योगफल
गाले । श्रीलंकाविरुद्धको पहिलो टेस्ट खेलमा अस्ट्रेलियाले विशाल योगफल तयार गर्दै इनिङ्स समाप्तिको घोषणा गरेको छ । अस्ट्रेलियाले दोस्रो दिनको खेलमा ६ विकेटको क्षतिमा ६ सय ५४ रन बनाएको हो ।
अस्ट्रेलियाका लागि ओपनर उस्मान ख्वाजाले दोहोरो शतक बनाए भने कप्तान स्टिभ स्मिथ र जोस इंग्ल्सिले शतक बनाए । ख्वाजाको यो पहिलो दोहोरो शतक पनि हो । उनले ३५२ बलको सामना गर्दै २३२ रन बनाए । उनले १६ चौका र १ छक्का हिर्काए ।
त्यस्तै, कप्तान स्मिथले १ सय ४१ रनको शानदार इनिङ्स खेले । टेस्ट क्रिकेटमा १० हजार रनको कोशेढुंगा पूरा गरेका उनले २५१ बलको सामना गर्दै १२ चौका र २ छक्का हिर्काए ।
यता, इंग्लिसले डेब्युमा नै शतक हिर्काउन सफल भए । उनले मात्र ९४ बलमा १ सय २ रन जोडे । उनले १० चौका र १ छक्का प्रहार गरे ।
त्यसबाहेक ओपनर ट्राभिस हेडले ४० बलमा ५७ रनको योगदान दिए । उनले १० चौका र १ छक्का प्रहार गरे । एलेक्स केरी ४६ रन बनाउँदै नटआउट रहे भने बिउ वेबस्टरले २३ तथा मिचेल स्टार्कले १९ रन बनाए ।
श्रीलंकाका लागि प्रबाथ जयसूर्या र जेफरी भान्डर्सेले ३–३ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण