एक दोहोरो शतक, दुई शतक : श्रीलंकाविरुद्ध अस्ट्रेलियाको विशाल योगफल

गाले । श्रीलंकाविरुद्धको पहिलो टेस्ट खेलमा अस्ट्रेलियाले विशाल योगफल तयार गर्दै इनिङ्स समाप्तिको घोषणा गरेको छ । अस्ट्रेलियाले दोस्रो दिनको खेलमा ६ विकेटको क्षतिमा ६ सय ५४ रन बनाएको हो ।
अस्ट्रेलियाका लागि ओपनर उस्मान ख्वाजाले दोहोरो शतक बनाए भने कप्तान स्टिभ स्मिथ र जोस इंग्ल्सिले शतक बनाए । ख्वाजाको यो पहिलो दोहोरो शतक पनि हो । उनले ३५२ बलको सामना गर्दै २३२ रन बनाए । उनले १६ चौका र १ छक्का हिर्काए ।
त्यस्तै, कप्तान स्मिथले १ सय ४१ रनको शानदार इनिङ्स खेले । टेस्ट क्रिकेटमा १० हजार रनको कोशेढुंगा पूरा गरेका उनले २५१ बलको सामना गर्दै १२ चौका र २ छक्का हिर्काए ।
यता, इंग्लिसले डेब्युमा नै शतक हिर्काउन सफल भए । उनले मात्र ९४ बलमा १ सय २ रन जोडे । उनले १० चौका र १ छक्का प्रहार गरे ।
त्यसबाहेक ओपनर ट्राभिस हेडले ४० बलमा ५७ रनको योगदान दिए । उनले १० चौका र १ छक्का प्रहार गरे । एलेक्स केरी ४६ रन बनाउँदै नटआउट रहे भने बिउ वेबस्टरले २३ तथा मिचेल स्टार्कले १९ रन बनाए ।
श्रीलंकाका लागि प्रबाथ जयसूर्या र जेफरी भान्डर्सेले ३–३ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला